मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघको जीत

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
Futball News.docx~

पोखरा । इन्फोम्याटिक्स कलेजको १२ औं वार्षिकोत्सव अवसरमा शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ कास्कीको टिम विजयी भएको छ ।
कलेजका प्राध्यापक, प्रतिनिधि र पत्रकारबीच दोविल्लास्थित सहारा एकेडेमीको मैदानमा भएको खेलमा पत्रकारको टिमले इन्फोम्याटिक्स कलेजलाई ८–३ गोलअन्तरले पराजित गरेको हो । जीतमा पूर्ण न्यौपाने ह्याट्रिकसहित ४ गोल गरे । यस्तै अर्जुन गाहामगर, अनुप पौडेल, विष्णु गौतम र वसन्त शेर्पाले १/१ गोलको योगदान दिए । इन्फोम्याटिक्सको तर्फबाट टिम कप्तान विवेक श्रेष्ठ, दीपेन्द्र थापा र सन्दीप अधिकारीले गोल गरे ।
कलेजले वार्षिकोत्सव अवसरमा पत्रकार महासंघलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै सहारा क्लब पोखरालाई पनि कलेजले २० हजार रुपैयाँ सहयोग ग¥यो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजलाई कलेजका सिइओ अभिनभ दाहाल तथा फाउन्डर प्रदुन्न केसीले चेक हस्तान्तरण गरे । कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष भण्डारीले भाइचारको विकास गर्ने उद्देश्य मैत्रीपूर्ण खेल आयोजना गर्नु उदाहरणीय काम भएकोमा प्रशंसा व्यक्त गरिन् ।
सहारा क्लब अध्यक्ष सुरजलले एकेडेमी संचालनका लागि अक्षयकोषमा चारभञ्ज्याङ तमु समाजका अध्यक्ष ह.ले.चन्द्रबहादुर गुरुङ र उनकी धर्मपत्नीले ५० हजार, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले ५० हजार तथा सहारा युकेका पूर्व कार्यसमिति सदस्य ईश्वर गुरुङले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width