गजल सन्ध्या पोखरामा वसन्त

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
gajal

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा वसन्त विनोद निर्विरोध चयन भएका छन् । सन्ध्याको शनिबार पोखरामा सम्पन्न १२ औँ अधिवेशनबाट वसन्तको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिका उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैया सुवेदी चयन भएकी छिन् । यस्तै सदस्यहरूमा सिर्जना ढकाल, विष्णु सुवेदी, विकास गौतम ‘अर्चुल’ र माधव खतिवडा चयन भएका छन् ।
संस्थापक अध्यक्ष दीलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपीन्द्र प्रभावी र उदिपराज ढुंगाना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको थियो । अधिवेशनको बन्दसत्रमा सचिव त्रुपक र कोषाध्यक्ष महेश्वर बस्ताकोटीले पेस गरेका प्रतिवेदन पारित भएको थियो ।
विसं २०५९ मा स्थापित भई गजलको उत्थान ः हाम्रो अभियान भन्ने मूल नारासहित क्रियाशील सन्ध्यामा यसअघि दीलिप दोषी, दीपक समीप, रुपीन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदिपराज ढुंगाना, बिर्सना बस्नेत, अमृत सुवेदी र मोहन भण्डारीले नेतृत्व गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनेसास गण्डकीमा देवेन्द्र

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…
  • परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८१
    पोखरा। नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान…
  • प्राध्यापकहरुका अनुभव पुस्तकमा

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट…
  • राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०८१
    पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा…

hero news full width