कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।
“काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भन्नुभयो, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”
पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उहाँले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
कास्की आदर्श समाज कतारको शुभकामना आदानप्रदान
कतारमा शुभकामना आदानप्रदान
परदेशको पसिनाको प्रतिफल कसरी ?
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९