गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
baja

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ ।

प्रतिष्ठानले थकाली, थारु, नेवार, कुमाल, मगर, माझी, दरै, गन्धर्व, गुरुङ, ब्राहमण, क्षत्री, दुरा, तामाङ, दमाइ, शेर्पा र छन्त्याल जातिको लोकनृत्य र लोकबाजाबारे खोज अनुसन्धान सुरु गर्न लागेको हो । खोज तथा अनुसन्धानकर्ताको परिचयात्मक तथा अन्तक्र्रियामा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले विषयमा गहिरिएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘लोकसंस्कृतिको खोजी पनि इतिहास लेख्नुजस्तै खोजकर्ताका लागि अवसर र गौरवको विषय हो ।’ अनुसन्धानकर्ता डा. तुलसीराम खनालले खोज अनुसन्धनका विधिबारे जानकारी दिंदै तत् विषयका ज्ञातासँग सल्लाह लिएर खोज गर्नुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले खोजकार्यले लोक संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।

सञ्चारकर्मी मन क्षत्रीले मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन आग्रह गरे । कार्यक्रमको अध्यक्षको आसनबाट प्रतिष्ठानका उपकुलपति तथा अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले राम्रो खोज अनुसन्धानलाई आधार बनाएर प्रतिष्ठानले संरक्षणका योजना अघि बढाउने बताए । प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width