सिक्लेसमा बन्यो चिली क्वोंइबो धिं

आदर्श समाज सम्वाददाता
पौष २३, २०७८
sikles Photo

पोखरा । कास्कीको सिक्लेसमा चिली क्वोंइबो धिं (घर) निर्माण गरिएको छ । धिंको पुस २८ मा पूर्व मन्त्री खगराज अधिकारीले गर्ने कार्यक्रम छ ।
करिब १७ रोपनीमा बनेको चिली क्वोंइबोभित्र क्वोंइबो धिं, धिं कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृको स्मृतिमा ५ लाख बढी सहयोग गर्ने दाताका पितृको मूर्ति, १ लाख बढी आर्थिक सहयोग गर्नेकोे फोटो तथा अन्य सहयोगीको नामावली शिलालेखमा लेखिने निर्माण समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिए ।
यस्तै घुमाउने घर, पितृका नाममा बत्ती बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँबारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीका लागि प्रशिक्षण कक्ष, हरेक कार्यक्रम गर्न मिल्ने किसिमले हल तथा कोठा, पुस्तकालय, गुरुङ संग्रहालय, विशिष्ट अतिथि कक्ष, तथा अन्य अतिथिका लागि कक्ष, भान्छाघर, ढिकी, ढुंगेधारा, हेली प्याड लगायत निर्माण गरिएका छन । निर्माणमा २ करोड १५ लाख र ५० लाख भित्री अन्य सजावट गरी करिब २ करोड ८५ लाख खर्च भएको छ ।
क्वोंइबो परिसरभित्र गुरुङ परम्पराअनुसार गरिने जन्म, विवाह, मृत संस्कार, पय कार्यलगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचना बनाइएको निर्माण समिति संयोजक डब्लुटुओ बलबहादुर गुरुङले जानकारी दिए । क्वोंइबो नेपालमै नमुना बनेको दाबी गर्दै धिंमा गुरुङले मात्र नभई अन्य जातिले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्ने छन् । उद्घाटन समारोहमा दाता तथा विभिन्न संघसंस्थालाई सम्मान गरिने कार्यक्रम छ ।
यस्तै, दोस्रो दिन पुस २९ मा सांस्कृतिक कार्यक्रम हुने सांस्कृति कार्यक्रम संयोजक रुपा गुरुङ र बेलबहादुर गुरुङले बताए । उद्घाटनमा सिक्लेस पुग्ने पाहुनाको व्यवस्थापन सिक्लेस युवा क्लबले स्वयंसेवक परिचालन गर्ने क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width