लक्ष्मी स्मृति पुरस्कारबाट शिक्षाविद् डा. एलियामा सम्मानित

आदर्श समाज सम्वाददाता
पौष २०, २०७८
yali

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ शिक्षाविद् डा. एलियामा जोनलाई सम्मान गर्दै।

पोखरा, २० पुस । लक्ष्मी स्मृति पुरस्कारबाट प्राडा एलियामा जोन सम्मानित भएकी छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मंगलबार ३५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरे । पोखराको शिक्षा विकासमा अतुलनीय योगदान दिएको तथा समाजको रुपान्तरण एवं आधुनिकीकरणमा अमूल्य योगदान पुर्‍याएको कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ।

प्रदेश प्रमुख गुरुङले समाजले सही व्यक्ति छनोट गरेर सम्मान गरिएको भन्दै स्व.लक्ष्मीको चर्चा गरे । सम्मानित व्यक्ति डा. एलियामा जोनले आमा नै बालबालिकाको पहिलो गुरु भएको भनिन् । नेपाली समाज सद्भावमा अडिने र सद्भाव सृजनामा महिलाको सबैभन्दा ठूलो भूमिका रहेको डा. जोनले बताइन् । शिक्षाविद् जोर्ज जोनले स्व. लक्ष्मीको चर्चा गर्दै श्रीमान् स्व. रमेशकान्त सिग्देलले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे।

प्रतिभा छनोट समिति संयोजक प्राध्यापक तारा बरालले सम्मनित डा.जोनका जीवनीबारे प्रकाश पारे । समाजसेवी तथा विकासप्रेमी विश्व सिग्देलले कार्यक्रममा स्वागत गर्दै स्व. लक्ष्मी सिग्देलले जीवनमा शिक्षा क्षेत्रदेखी सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान आज सालको चुरो सरी बनेको उदाहरण दिए । १९९४ साउन १२ मा जन्मिएकी लक्ष्मीदेवी सिग्देल भद्रकाली माविमा अध्ययनरत धेरै विद्यार्थीहरुको गुरुआमा थिइन् । सिग्देल टोलहुँदै वडा १३ कै असल छिमेकी उनको २०६९ पुुस २० मा स्वर्गारोहण भएको हो।

लक्ष्मी स्मृति पुरस्कारबाट यसअघि बलवीरसिंह नेगी, गणेशबहादुर श्रेष्ठ र डा. जगमान गुरुङ सम्मानित भइसकेका छन् । आमाको स्मृतिमा छोराबुहारी शरदकान्त सिग्देल/सपना सिग्देल र छोरी ज्वाईं शारदा सिग्देल पराजुली/नारायणप्रसाद पराजुलीले अक्षयकोष स्थापना गरेका हुन्।

पृथ्वीधर सिग्देल समाजको परिसरमा भएको सो कार्यक्रम पृथ्वीधर सिग्देल समाजका अध्यक्ष गोविन्दप्रसाद सिग्देलको अध्यक्षतामा भएको हो । कार्यक्रममा परिवारतर्फबाट लक्ष्मीदेवीकी छोरी शारदा सिग्देल पराजुलीले धन्यवाद र पृथ्वीधार सिग्देल समाजका सचिव अर्जुन सिग्देलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width