लेखनाथ गार्डेन सिटीको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष १९, २०७८
Kalika Ma Bi Ruapa Gaupalika News

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीले रुपा गाउँपालिकाको कालिका माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले रुपा १, स्यास्त्रीमा रहेको कालिका माविका ४० जना विपन्न वर्गका बालबालिकालाई बिहीबार सुइँटर र टोपी एवं स्टेसनरी सामान वितरण गरेको हो ।
सो अवसरमा क्लब पूर्व अध्यक्ष एवं लायन्स क्लब अफ ३२५ बि १ का डिर्पाटमेन्ट को–चिफ भक्तबहादुर केसीले क्लबले वार्षिकरुपमा विविध कार्यक्रम आयोजना गर्दै आएको जनाउँँदै न्यानो कपडाले विद्यार्थीको पठनपाठनमा सुधार हुने अपेक्षा गरे ।
कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ ३२५ बि १ का सिनियर एओजी नवराज सापकोटाले न्यानो कपडा वितरणको कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी हुने बताउँदै आगामी दिनमा थप सहयोगका कार्यक्रम समेटिने प्रतिबद्धता जनाए । क्लब पूर्व अध्यक्ष एवं स्वास्थ्य संयोजक बालकृष्ण लामिछानेले कोभिड न्युनीकरणपछि बृहत
स्वास्थ्य शिविर आयोजना गर्न क्लबले सहयोग गर्ने बताए ।
लायन्स लेखनाथ गार्डेन सिटीका अध्यक्ष राजनकल्याण बड्गामीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास खनाल, प्रअ ज्ञानेन्द्रराज पौडेल, क्लबका प्रथम उपाध्यक्ष रविचन्द्र घिमिरे, क्लब सचिव विश्वमणि अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width