प्याब्सन लमजुङमा मेनबहादुर घले

आदर्श समाज सम्वाददाता
पौष ६, २०७८
Pabson

लमजुङ । निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन), लमजुङ अध्यक्षमा मेनबहादुर घले निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए।

११ सदस्यीय समिति उपाध्यक्ष ईश्वर पौडेल, सचिव विमल अधिकारी र कोषाध्यक्ष विनोद गुरुङ तथा सदस्यमा उद्धव घिमिरे, रामचन्द्र भण्डारी, प्रमोद अधिकारी, रमिला गुरुङ, गोविन्द पराजुली, राजकुमार खड्का र सुविन खड्का चयन भए।

यसअघि संस्थाको ११ औं अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको गुणस्तरीय शिक्षामा निजी तथा आवासीय विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । नेकपा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहेका उनले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा निजी विद्यालयसँग सामुदायिक विद्यालयले सिक्नु आवश्यक रहेको बताए।

यस्तै, कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य तारानाथ घिमिरे, प्याब्सन लमजुङका सल्लाहकार अर्जुन गुरुङ, बलराम पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थाका सदस्य विमल अधिकारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विनोद गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष मेनबहादुर घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्याब्सन सदस्य विमल गुरुङले गरेका थिए ।

प्याब्सन लमजुङमा २५ विद्यालय आवद्ध छन्।

Related News

सम्बन्धित समाचार

hero news full width