लेखनाथ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण कार्यक्रम गरैको छ ।
बैंकको बेगनास, भण्डारढिक र बुढिबजार शाखाको संयुक्त आयोजनाका सोमबार तालचोकमा भएको अनुशिक्षणमा सहभागीलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेशका प्रमुख महेश सिलवालले बैंकका विषयमा जानकारी गराएका थिए भने डिजिटल बैंकिङ विषयमा केन्द्रीय कार्यालयका प्रकाश पौडेल र राहुल भुजुले जानकारी गराएका थिए ।
बैंकले आफ्नो ग्लोबल एप्सबारे जानकारी दिनुका साथै डिजिटल कारोबार गर्दा के–के कुरामा ध्यान दिनुपर्ने हो, के–के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएको थियो । मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरिएको बैंकका लेखनाथ शाखाका प्रमुख एवं कार्यक्रम संयोजक भुवन वाग्लेले जानकारी दिए । बैंकका देशभरी २ सय ८७ शाखा कार्यालयहरु छन् । यस्तै, २ सय ६३ शाखारहित बैंकिङ एजेन्ट, २ सय ५२ एटिएम साथै युके, भारत र अस्ट्रेलियामा समेत सेवा प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
ग्रिन बैंक र फिस्टेलबीच सम्झौता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१