दोहोरीगीत प्रतिष्ठानको साधारणसभा नवलपुरमा

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७८
lok dohori photo

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालको २१ औं वार्षिक साधारण सभा तयारी तीव्र पारिएको छ । प्रतिष्ठानको साधारणसभा आगामी पुस २ र ३ गते गण्डकी प्रदेशको नवलपुरस्थित जनता मावि, अरुणखोलामा हुँदैछ ।
साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिने प्रतिष्ठान अध्यक्ष रमेश बिजीले जानकारी दिए । उनका अनुसार अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदूरपश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मी, सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँणेल, लोकपत्रकारिता सम्मानबाट पोखराका पत्रकार राजाराम पौडेल, राष्ट्रिय श्रष्टा सम्मानबाट प्रेमराजा महत तथा रामप्रसाद खनाललाई सम्मान गरिने छ ।
साथै, लोकसंस्कृति विद्यावारिधि सम्मान तुलसी प्रभासलाई र संस्थापक सम्मानबाट संस्थापक समिति, संस्थापक सल्लाहकारलाई सम्मान गर्ने प्रतिष्ठानको तयारी छ । कार्यक्रममा अरुणखोला मेघराज पाण्डे विद्याालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण थापा समेत सम्मानित गरिनेछ । साधारण सभाको उद्घाटन गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width