पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले उद्घाटन गरे ।
आचार्यले आश्रमको लागि कार्यालयबाट हुनसक्ने सक्दो सहयोग प्रदान गर्ने बताए । पोखरा २ का अध्यक्ष रामेश्वर मल्लले महानगरपालिकाबाट निर्माणका लागि सहयोग हुने आश्वासन दिए । कार्यक्रममा ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष भचाराज श्रेष्ठले आश्रमका कार्यको प्रशंसा गर्दै यस अघि ५० हजार दिएकोमा थप ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा ब्राह्मण समाज कास्कीका अध्यक्ष रामप्रसाद बास्ताकोटी चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना, समाजसेवी मीना भट्टराई, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदी, बुढानीलकण्ठ मन्दिर समितिका सचिव पुष्पेन्द्र कोइरालालगायतले बोलेका थिए ।
गोपाल सेवा केन्द्र जगतगुरु आश्रमका अध्यक्ष धर्मराज सिग्देलको अध्यक्षता भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिव रामजीप्रसाद पराजुलीबाट प्रगति प्रतिवेदन र कोषाध्यक्ष सोमकान्त पौडेलबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
संस्थाका सल्लाहकार विष्णुप्रसाद पराजुलीले स्वागत तथा सचिव रामजीप्रसाद पराजुलीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा २ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१