अखिल नेपाल खेलकुद महासंघ कास्कीमा वामदेव

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
KHELKUD SANGH

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डोर्‍याउने आफ्नो लक्ष्य बनाएको छ ।

‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेका हौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।

नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृत्तिविकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनि विवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width