अन्तरमावि जेसिज कप फुटबल

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
jci cup myagdi

????????????????????????????????????

म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा १९ औं जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लास्तरीय अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता मंसिर २१ देखि २५ सम्म सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन हुने सोमबार पत्रकार सम्मेलन गरी जनाइएको हो ।
‘खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल, जेसिज कप फुटबल’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिता सफल पार्न विभिन्न समिति गठन गरी काम तीव्र पारिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
विजेता विद्यालयलाई रनिङ ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार र उपविजेतालाई ३२ हजार २ सय २२ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिए ।
प्रतियोगिताको मुल संयोजक कुमार बानियाँ, जुरी संयोजकमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, सहसंयोजकमा विष्मा श्रेष्ठ र विनोद घर्ती रहेको शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा अनुमानित आम्दानी १० लाख ६५ हजार र अनुमानित खर्च ८ लाख ६८ हजार हुने शाखा अध्यक्ष श्रेष्ठले बताए ।
उत्कृष्ट खेलाडी (धमानसिंह अवार्ड), सर्वाधिक गोलकर्ता (लक्ष्मीपुतली अवार्ड), उत्कृष्ट लोलरक्षक (इन्द्र अवार्ड), उत्कृष्ट डिफेन्डर (सरस्वती अवार्ड), उत्कृष्ट स्ट्राइकर (रामजी अवार्ड), उत्कृष्ट मिडफिल्डर (माया अवार्ड) राइजिङ प्लेयर (धन अवार्ड), उत्कृष्ट प्रशिक्षक (कृष्णप्रसाद एककुमारी अवार्ड) २ हजार ५ सय साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ र अनुशासित टिमलाई (झलक खगेश्वरी अवार्ड) ७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
गत वर्ष कोरोनाका कारण प्रतियोगिता रोकिएको थियो । सन् २००१ बाट सुरु भएको जेसिज कप फुटबल प्रतियोगिता १९ औं संस्करणसम्म आइपुग्दा जिल्लामा धेरै खेलाडी उत्पादन गर्न सफल भएको म्याग्दी जेसिजका पूर्व अध्यक्ष खम थापामगरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width