पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ र १३ स्थित भद्रकाली तथा गणेश मन्दिर सेवा समितिको नवौं अधिवेशन तथा १८ औं साधारण सभाले योगेन्द्रमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार भएको अधिवेशनले २६ वर्षसम्म लगातार सचिवको कुशल जिम्मेवारी निभाएका श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । समितिका सदस्यहरु गमबहादुर गुरुङ, शान्तकुमार श्रेष्ठ, लालबहादुर नेपाली, रामप्रसाद सिग्देल, दीपेन्द्रराज बस्ताकोटी, डिलाराम लामिछाने, वीरबहादुर थापा र हिरचन्द्र आचार्य रहेका छन् ।
पोखरा १२ का अध्यक्ष रामबहादुर कार्किले सभाको उद्घाटन गरेका थिए । गणेश तथा भद्रकाली सेवा समितका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमममा समितिका पूर्व अध्यक्ष कुसुमराज आचार्य, सल्लाहकार सदस्य प्रा. तारा बराल, मीनबहादुर गुरुङ, नादा तमु समाज पोखरा १२ का अध्यक्ष चेतबहादुर गुरुङ, कवि वामनप्रसाद ढेवाजू लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव योगेन्द्रमान श्रेष्ठले गरेका थिए । ज्ञानेन्द्रप्रसाद सिग्देलको संयोजक रहेको निर्वाचन मण्डलले समिति सर्वसम्मत चयन गराएको हो । समितिको पहिलो बैठकले कार्यविभाजन गर्नेछ ।
Related News
सम्बन्धित समाचार
कोरोनापछि गाईजात्रा रौनक
आज रक्षाबन्धन पर्व
बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड
गलेश्वरमा भक्तजनको भीड
सोमबारदेखि बोलबम
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९