Worldlink ads

नाटक निर्देशन कार्यशाला

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७८
gandaki drama karyasala ending news

पोखरा । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा पहिलो पटक प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला भएको छ । गत कात्तिक ५ देखि सुरु कार्यशालामा २२ जनाले प्रशिक्षण लिएका छन् ।
कार्यशालाको सोमबार समापन समारोह गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कला, साहित्य र भाषाको संरक्षण गर्नका निम्ति गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताए ।
‘कला, साहित्य, भाषाको कदर हुने समाज निर्माण गरी मौलिक र सुसंस्कृत बनाउने पहिलो प्रयासमा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो,’ गुरुङले भने । प्रतिष्ठान पूर्ण भने नभएको भन्दै सुरुवात मात्र गरिएको उनको भनाइ थियो । पोखरामा व्यक्तिगत प्रयासमा थिएटर स्थापना हुनु ज्यादै सकारात्मक कार्य भएको भन्दै उनले प्रशंसा गरे । यस्ता थिएटर सरकारले स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, वरिष्ठ रंगकर्मी अनुप बराल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, कार्यशालाका संयोजक समेत रहेका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङ, प्रशिक्षार्थीहरु ज्योति हमाल, किसान विकले बोलेका थिए ।
कार्यशालामा सहभागीले तयार पारेका २ नाटकसमेत समापन समारोहमा मञ्चन गरिएको थियो । ‘ह्वाट इफ’ र ‘सन्तानको सौगात’ शीर्षकमा मञ्चित ती नाटकले उपस्थित दर्शकको राम्रो साथ पाए । कार्यशालामा मनाङ र मुस्ताङबाहेक ९ जिल्लाको प्रतिनिधित्व थियो । १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताए । प्रतिष्ठानले नाटकसँग सम्बन्धित अन्य कार्यक्रमसमेत आयोजना गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन भएको हो ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा विद्यालय नाटक महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा । पोखरा थिएटरले आगामी माघमा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव तयारी गरेको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल…
    • चित्रकलाको फेसन फ्युजन

      आदर्श समाज सम्वाददाता कार्तिक २५, २०७८
      पोखरा । पोखराको मौसम चिस्सिदै गर्दा सिर्जनाचोकस्थित रवि महलमा माहोल न्यानो हुँदै थियो । कोरोना संक्रमण घट्दै गएर नाट्य प्रशिक्षण…
    • नाटकप्रति आकर्षण बढाउन कार्यशाला

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा…
    • कमेडी च्याम्पियनका फाइनलिष्ट सन्तोष पोखरामा

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      पोखरा । कमेडी च्याम्पियनमा उत्कृष्ट ३ मा पर्न सफल हास्य कलाकार सन्तोष थापालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभकामना दिएका…
    • पोखराकी आकांक्षा मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने

      आदर्श समाज सम्वाददाता श्रावण २०, २०७८
      पोखरा, २० साउन । मिस ग्रेस पोखरा–२०२१ आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउँदै छिन् । सोको लागि उनले तयारी…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग