Worldlink ads

नाटकप्रति आकर्षण बढाउन कार्यशाला

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
natak~

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । उनले नाटक निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सघाउने विश्वास व्यक्त गरे । नाटकमा पस्कने सामग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकोले यसरी पस्कने सामग्रीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व सदस्यसचिव संस्कृतीकर्मी तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक संकेत देखिएको भन्दै खुसी व्यक्त गरे । कोरोनाका कारण थला परेको नाट्यक्षेत्र चलायमान बनाउन कार्यशालाले सघाउने उनको विश्वास छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बोलेका थिए ।
कार्यशालामा गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको छ । कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रति आकर्षण बढाउन सहयोग पुग्ने प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार क्षेष्ठले बताए । यो वर्ष नाटकसँग सम्बन्धित ३ वटा कार्यक्रम प्रतिष्ठानले आयोजना गर्ने श्रेष्ठले जनाए ।
कात्तिक १५ सम्म कार्यशालामा १५ जना प्रशिक्षक रहने छन् । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा विद्यालय नाटक महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा । पोखरा थिएटरले आगामी माघमा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव तयारी गरेको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल…
    • चित्रकलाको फेसन फ्युजन

      आदर्श समाज सम्वाददाता कार्तिक २५, २०७८
      पोखरा । पोखराको मौसम चिस्सिदै गर्दा सिर्जनाचोकस्थित रवि महलमा माहोल न्यानो हुँदै थियो । कोरोना संक्रमण घट्दै गएर नाट्य प्रशिक्षण…
    • नाटक निर्देशन कार्यशाला

      आदर्श समाज सम्वाददाता कार्तिक १७, २०७८
      पोखरा । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा पहिलो पटक प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला भएको छ । गत कात्तिक ५…
    • कमेडी च्याम्पियनका फाइनलिष्ट सन्तोष पोखरामा

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      पोखरा । कमेडी च्याम्पियनमा उत्कृष्ट ३ मा पर्न सफल हास्य कलाकार सन्तोष थापालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभकामना दिएका…
    • पोखराकी आकांक्षा मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने

      आदर्श समाज सम्वाददाता श्रावण २०, २०७८
      पोखरा, २० साउन । मिस ग्रेस पोखरा–२०२१ आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउँदै छिन् । सोको लागि उनले तयारी…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग