पोखरा । कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन्। उनी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो। गजुरेलले १४ जना स्वास्थ्यकर्मीलाई २०७३ असार ३१ गते विभिन्न स्वास्थ्य संस्थामा सरुवा गरेका थिए ।
यसअघि उनलाई जिल्ला अदालत मकवानपुरले १९ पुस २०७५ मा कसुरदार ठहर गर्दै २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
स्वास्थ्य तथा जनसंख्या म न्त्रालयले एक सूचना जारी गर्दै लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको निजामती सेवा ऐन,२०४९ को दफा ६१ उपदफा २ को खण्ड क बमोजिम नैतिक पतन देखिने फौजदारी सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाबाट कसुर ठहरिएको जानकारी दिएको छ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१