ओटेफ टोली पर्वतीय संग्रहालयमा

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
wotef~corrected 2

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले दसैं अवसरमा शुभकामना आदानप्रदानसँगै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको छ । पर्यटनलाई चलायमान गराउने उद्देश्यसहित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको हो ।
प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना महामारीले सुस्ताएको पर्यटनलाई उकास्न अब पर्यटक लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताए । उनले पर्वतीय पर्वतारोहणबाट पर्यटकीय गतिविधि बढाएर पर्यटकलाई आर्कषक गर्न सकिने धारणा राखे । सांसद पहारीले पर्यटकलाई अनअराइभल भिसा दिएर पर्यटकलाई डुल्न घुम्न सहज गराउनुपर्ने उनको भनाइ थियो । कोरोनाका कारण पर्यटन व्यवसायी निकै मर्कामा परेको उल्लेख गर्दै प्रदेशका अर्थमन्त्रीले करको दायरा बढाउने कुरा गर्नु ‘गलगाड माथिको पिलो’ जस्तै भएको बताए । उनले आयको दायरा बढाउने कार्यक्रम ल्याउन आग्रह गरे ।
पर्वतीय पर्वतारोहण सञ्चालक समिति सदस्य हरि लामिछाने संग्रहालयमा वार्षिक औषत साढे ३ लाख पर्यटक अवलोकनका लागि आउने गरेको जनाउँदै यसलाई पर्यटकको आकर्षक गन्तव्यरुपमा विकास गर्न थप नीतिगत योजनाहरु आवश्यकता रहेको औंल्याए ।
संस्था अध्यक्ष पार्वती पाण्डेले हिमालको देश भनेर चिनिने नेपालमा हिमाल आरोहीहरुको आरोहण क्रममा प्रयोग गरेका सामग्री संग्रहित संग्रहालय निकै महत्वपूर्ण रहेको जनाउँदै हिमाल पढ्न बुझ्नेलाई संग्रहालय महत्पूर्णस्थल रहेको बताइन् । कोरोनापछि समयमा संस्थाले पर्यटन प्रवद्र्धका लागि विभिन्न कार्यक्रमलाई जोड दिंदै आएको उनको भनाइ थियो ।
संस्थाका सल्लाहकार देवका पहारीले कोरोनाका कारण सिजनको समयमा पनि पर्यटन क्षेत्र सुनसान बन्न पुगेको बताइन् । उनले पर्वतीय संग्रहालयलाई पर्यटनको उत्कृष्ट गन्तव्यरुपमा विकास गर्न थप प्रचारप्रसारको खाँचो औंल्याए । कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने लगायतले संस्थाको गर्दै आएको गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width