लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’लाई सम्मान सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा. जगमान गुरुङले राष्ट्रिय नाचघरमा आयोजना गरिएको इ. लालबहादुर भुजेलले लेखेको अनुसन्धानमूलक कृति ‘ठाडोभाकाको लोक सांस्कृतिक इतिहास’ नामक कृतिको विमोचन कार्यक्रममा धम्पुलाई सम्मान गरेका हुन् ।
उपकुलपति गुरुङले धम्पुले पछिल्ला वर्षमा लमजुङको पहिचान र गौरव बोकेको ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा खेलेको भूमिका अतुलनीय भएको बताए । उनले लोक संस्कृति नेपालको पहिचान भएको हुँदा यसलाई जगाई राख्नु वर्तमान पुस्ताको जिम्मेवारी र कर्तव्य हो भने । धम्पु वर्तमानमा ठाडोभाका गीतको ‘वागीना’ का ३ वटै विधामा पोख्त व्यक्तित्व भएको हुँदा उनलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष लालबहादुर भुजेलले बताए । ठाडोभाकाको ‘वागीना’ मा सर्वोत्कृष्ठ व्यक्तित्व ठहर गर्दै गत वैशाखमा पनि उनी संरक्षक रहेको ठाडोभाका लोककला प्रतिष्ठानले आयोजना गरेको दोस्रो खुला प्रतियोगिताका अवसरमा धम्पुलाई ‘ठाडोभाका महानायक’ को उपाधिसहित सम्मान गरेको थियो ।
विमोचित कृतिको समीक्षात्मक टिप्पणी गर्दै प्राध्यापक रामप्रसाद ज्ञवालीले कार्यक्रम बढी विषय केन्द्रित हुनुपर्नेमा अन्यत्र बरालिएको र नायकप्रति न्याय नभएको बताए । ‘यो कृति ऐतिहासिक दस्ताबेज हो । यो सार्वजिनक नहुँदासम्म लेखकको निजी थियो अब त हामी सबैको हो । त्यसैले यसमा त्रुटि हुनु मेरो पनि त्रुटि हो,’ उनले भने, ‘लोकगीतको त्रुटि परम्परा हो, लेखक हुँदैन भनिन्छ ।’
लोकगीतका अनुसन्धानकर्ता एवं लोकगायक कृष्ण गुरुङले ठाडोभाका मुलुकको अमूल्य निधि हो । यो सुगम दोहोरीको जननी हो तर यो सुगम दोहोरी मौलाएपछि संकटमा पर्दै आएको हो बताए ।
साहित्यिक समाज झौखेल, भक्तपुरका अध्यक्ष लालबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी, दुरा सेवा समाजका केन्द्रीय अध्यक्ष देवबहादुर दुरा, पञ्चैसुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङ, संस्थाका आजीवन सदस्य कवि दुलाल प्रधान, दुरा सेवा समाजका सचिव यामबहादुर दुरा लगायतले बोलेका थिए ।
सो अवसरमा सम्मानित व्यक्ति धम्पुसँग उनका गायन जोडी सीता दुरा तथा ६८ वर्षीया सन्तिमाया दुराले ठाडोभाका गाएका थिए ।
Related News
सम्बन्धित समाचार
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१