मुख्यमन्त्री फर्किए बाल्यकालमा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७८
CM Child1

पोखरा । बाल दिवस अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले संयुक्त रुपमा कार्यक्रम आयोजना ग¥यो । नाम थियो– मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम ।
कुनै एक मिडियासँग सहकार्य गरेर प्रत्येक महिनाको तेस्रो शुक्रबार गरिने कार्यक्रमको ढाँचा तयारी अवस्थामै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख आतिथ्यता शुभारम्भ गरिएको कार्यक्रमको एउटा सेसन थियो, ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर ।’
करिब २५ जना अनाथ बालबालिकाहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रश्नोत्तर सेसन सुरु भयो । सानोमा तपाईंको रुचि के थियो ? गण्डकी प्रदेशको भविष्य तपाईंको हातमा छ । तपाईं जस्तै बन्न के गर्नुपर्ला ? शोभा नेपालीले मुख्यमन्त्रीलाई पहिलो प्रश्न गरिन् ।
जवाफमा मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रो पालामा अहिले जस्तो खेल्दै सिक्ने भन्ने थिएन, चराको बच्चाहरु ल्याएर पाल्ने सिजनमा कुकुरको बच्चाबच्ची ल्याएर पाल्ने यस्तैयस्तै कुरामा मेरो रुचि थियो ।’ बाल्यकाल चराका बचेरा, जनावरका बच्चासँग खेल्दै उनीहरुलाई पाल्दै हुर्किएका उनले पछि बाबुको पदचाप पछ्याए । कक्षा १० को पढाइ सकेपछि उनको ध्यान पूरै राजनीतितिर मोडियो र विभिन्न कालखण्डमा जेलजीवन भोग्दै ७३ वर्षको उमेरमा मुख्यमन्त्री भएको बताए ।
धैर्यता, लगनशीलता र इमानदारीताले सफलता दिने अनुभव आफूसँग रहेको मुख्यमन्त्रीले सुनाए । सबै सफल व्यक्तिको अनुभव सुन्दै आफू राजनीतिज्ञ, डाक्टर, पाइलट, इन्जिनियर, नर्स, कृषक लगायत के बन्ने भन्ने आफैंले नै राज्नुपर्ने उनले सुझाव दिए । बालबालिकासँग भेट्नु आफ्नो लागि नौलो अनुभव भएको उनको प्रतिक्रिया थियो । ‘यो कार्यक्रममा सहभागी बन्दा मलाई नौलो अनुभव भएको छ,’ मुख्यमन्त्रीले पोखरेलले भने ।
उनले प्रज्ञा प्रतिष्ठानले भाषा, संस्कृति, सभ्यता, कला, साहित्यको माध्यमबाट प्रदेशको समृद्धिमा सहयोग पुर्‍याउनुपर्ने बताए ।

बालबालिकाको प्रश्नको जवाफमा मुख्यमन्त्री पोखरेलले आफ्नो पालामा अहिले जस्तो खेल्दै सिक्ने भन्ने केही नभएको स्मरण गरे

कार्यक्रममा प्रतिष्ठान संरक्षक एवं शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको अधिकार संरक्षण गर्दै सरकार अघि बढेको बताए । अनाथ बालबालिकाले आफूलाई कहिल्यै एक्लो महसुस नगर्न आग्रह गरे । त्यसका लागि प्रदेश सरकार अभिभावकको भूमिका रहन तयार रहेको उनको भनाइ थियो ।
बालबालिकामध्ये सविना विक, सन्तोष पौडेल, वविता दर्जी, विपना घतानेले मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । उनीहरुले आफूहरुसँग सम्बन्धित नागरिकता, रोजगारी, शिक्षा, स्वास्थ्यका लागि प्रदेशले बनाएका योजनाबारे सोधेका थिए । मुख्यमन्त्री पोखरेलले नागरिकता प्राप्त गर्नु संवैधानिक व्यवस्था भएको जानकारी दिए । अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले राहतका कार्यक्रम ल्याएको उनले बताए । प्रदेश सरकारले खोपको प्राथमिकतामा १८ वर्ष मुनिका बालबालिकालाई राखेको छ । बालअधिकारलाई सहयोग पुग्ने गरी प्रदेश सरकारले बालबालिकासम्बन्धी कानुन प्रदेशसभाबाट पारित गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा चायल्ड वेलफेयर एजुकेसनकी कञ्चन गुरुङले आफ्नै कथा सुनाएकी थिइन् । बाल्यकालमा रामघाटमा टीला टिपेर जीवन गुजारेकै अवस्थामा बाबा आमाले छोडेर हिंड्दाको पीडा उनको मनमा अझै ताजा छ । आफ्नो बाल्यवस्था निकै कष्टकर बनेको, आर्थिक अवस्था कमजोर हुँदा स्कुल जान नपाएको उनले स्मरण गरिन् ।
कार्यक्रम सुरुआतमा ‘एसओेएस बहिनी’ बाट नृत्य प्रस्तुत गरिएको थियो । बालकल्याण संस्थाकी विपना विक ‘बालक र अधिकार’ शीर्षकमा कविता सुनाइन् । थ्रि एन्जल नेपालकी दीपा थापाले आफ्नो संघर्ष, दुख, रहर र सपनालाई कवितामा बुन्दै ‘मेरो जीवन’ शीर्षकमा व्यक्त गरिन् । हिमाली बालकल्याण संरक्षण मञ्चका अरविन सिंह धामीको ‘बाल अधिकार’ कविता सुनाए । सिजनशील बाल विकासकी लक्ष्मी घर्तीले ‘आँखैमा राख्छु मेरो देश’ गीतमा नृत्य राखिन् भने ७ वर्षकी सुजता विकले ‘ज्ञानी बन्नुपर्छ’ कवितामार्फत बाल्यवस्थामा बालबालिकाले ध्यान दिनुपर्ने कुरालाई समेटिन् ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सुन्दर फूल राजधानीमा मात्र नफुलेर पाखापखेरोमा पनि फुल्ने बताए । मुख्यमत्रीसँग बाल साहित्य कार्यक्रममार्फत अनाथ बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न सघाउ पुग्ने उनको भनाइ थियो ।
प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठले कोरोनाका कारण ८३ जना बालबालिको मृत्यु भएको र ४८ हजारभन्दा बढी संक्रमित भएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width