Worldlink ads

सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

रासस
भाद्र २५, २०७८
Corona Banner

न्युर्योर्क । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् । अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन् । अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।

कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

    •      थप ३९१ जनामा कोरोना सङ्क्रमण   

      आदर्श समाज सम्वाददाता असाेज ३१, २०७८
      काठमाडौ‌ं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर…
    • पछिल्लो २४ घन्ण्टामा ६७९ जना संक्रमित

      रासस असाेज १७, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको…
    • थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण

      रासस असाेज १४, २०७८
      काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार…
    • घटे संक्रमित, खाली हुँदै बेड

      धनबहादुर गुरुङ असाेज १३, २०७८
      पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा काम गर्ने प्यारामेडिक नारायण बराललाई कोरोनाको दोस्रो…
    • घट्यो कोरोना संक्रमण

      रासस असाेज १०, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै

    trending post

    ट्रेन्डिङ्ग