गण्डकीमा कोरोना संक्रमणमुक्त हुने बढे

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा निको हुने बढ्न थालेका छन् । आइतबार प्रदेशमा ५ सय ४ जना संक्रमणमुक्त भएका छन् भने २ सय ३० जना संक्रमित भएको हुन् । शनिबार ४ सय ५६ र शुक्रबार ५ सय ४५ जनाले कोरोना जितेका थिए । योसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ७६ हजार ४ सय पुगेको छ । पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ छ ।
पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप २ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार ९ सय ६२ को नमुना परीक्षण गर्दा २३.९ प्रतिशत संक्रमित भएका हुन् । कास्कीमा ३४ पुरुष तथा १९ महिला गरी ५३ जनासहित म्याग्दीका २० जना, पर्वतका १७ जना, गोरखाका १३ जना, लमजुङका १६ जना, तनहुँका ११ जना, बागलुङका २१ जना, स्याङ्जाका ४१ जना र नवलपुरका ३८ जना गरी प्रदेशका ९ जिल्लामा गरी १ सय १५ पुरुष तथा १ सय १५ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार १ सय ८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय १८ छ ।
पछिल्लो २४ घन्टामा १ हजार २ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार २ सय ५९ पिसिआर परीक्षणमा आइतबार थप १ हजार २ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ३८ परीक्षणबाट १ सय ७४ जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १० हजार २ सय ९७ परीक्षणमा १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ८३ वर्षीय पुरुष, पोखरा १ की ६५ वर्षीया महिला र तनहुँको व्यास ११ की ६४ वर्षीया महिलाको आइतबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रतिष्ठानमा शनिबार पोखरा १५ का ५० वर्षीय पुरुष र तनहुँको भीमाद २ की ८० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँको व्यास १ की ५५ वर्षीया महिलाको आइतबार उपचारकै क्रममा ज्यान गएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width