पोखरा । अमेरिकामा गएर बसोबास गरिरहेका नेपाली आदिवासी जनजाति समुदायले आयोजना गर्ने चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा नेपालबाट विभिन्न चलचित्र छनोेट गरिएको छ । गुरुङ, तामाङ, ह्याल्मो, नेवार, राई, लिम्बु र मगरको चलचित्र फाइनल चरणको लागि छनोट भएका छन् ।
गुरुङबाट मि न्होेर्वै ट, तामाङबाट प्रङना, ह्याल्मोबाट मेतोक, नेवारबाट मनःगुभाजु, राईबाट सायाबुङ, लिम्बुबाट केः र मगरबाट ट्याङ्चलाक छनोट भए ।
मगर समाज र मानुङको कथामा आधारित रहेर मेजन पुन मगरको लेखन/निर्देशनमा निर्माण गरिएको मगरपनको मगर चलचित्र ट्याङ्चलाक (उज्यालोतिर) ४२ वर्ष लामो इतिहास बोकेको डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दक्षिण अफ्रिकामा फिचर फिल्म सेक्सनमा विश्वका ३ सय फिचर फिल्ममध्येबाट ३५ वटामा छनोट भएको थियो ।
सो चलचित्रमा शिक्षा, स्वास्थ्य, आर्थिक, भौगोलिक तथा वर्तमान सामाजिक परिवेशका विषय उठान गरिएको छ । चलचित्रमा राज थापा काउचा, प्रभा मगर, सनम आले, सुजन थापा मगर, शिला खनाल राना, सुमन थापा मगर, गीता रखाली मगर, शिल्पा थापा मगर, रञ्जना थापा मगर, महेन्द्र दर्लामी, बसन सारु मगर, मञ्जु मगर, किशोर खनाल, रवि गिरी, टीका गिरी, मनराज थापा मगर, रोहन तण्डुकार, बम पुन लगायतले अभिनय गरेका छन् । लेखन/निर्देशन मेकबहादुर पुन (मेजन) को हो भने प्रविनजंग खड्काले फिल्म खिचेका हुन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
‘मनसरा’ बाट आशावादी मिरुना
बेरोजगार युवाको कथा ‘डिग्री माइला’
सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१