लमजुङ । बाढीपहिरोका कारणले उत्पादन ठप्प रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पुनः उत्पादन सुरु गरेको छ । मस्र्याङ््दी नदीमा आएको बाढीले एउटा टावर बगाएपछि जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गत असार १९ गतेदेखि ठप्प भएको थियो ।
आयोजनाको विद्युत् प्रसारण हुने १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर ट्रान्समिटर लाइन बाढीले बगाएपछि केन्द्रबाट विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जिएको हो । टावर स्थलमा अस्थायी संरचना निर्माण गरी विद्युत् उत्पादन थालिएको जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार साहले बताए ।
नेपाल विद्युत् प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर प्रसारण लाइन सुचारु गरेपछि केन्द्रको विद्युत् उत्पादन यतिबेला पूर्ण रुपमा सुचारु भएको छ । साहले भने, ‘बाढीले प्रसारण लाइन बगाएको कारणले गर्दा असार १९ देखि आयोजनाको उत्पादन बन्द भएको थियो ।’ आयोजनामा उत्पादन हुने विद्युत मार्किङ चोक हुँदै दमौली पठाउने गरिएको केन्द्रले जनाएको छ । आयोजनाको उत्पादन सुचारु गर्न स्थायी संरचनाको टावर तयार नहुञ्जेल अस्थायी टावरको सहयोगमा नै प्रसारण लाइन सञ्चालन गरिने भएको छ ।
विगतका वर्षामा समस्या नभए तापनि यो वर्ष मस्र्याङ्दीमा ठूलो बाढी आएर टावर भएको स्थानमा कटिङ ग¥यो भने माथिबाट पहिरो आउँदा त्यो टावर ढल्न गएको केन्द्र प्रमुख साहले बताए । उनका अनुसार क्षति भएको उक्त टावर १३ वर्षअघि निर्माण गरिएको थियो ।
साहले भने, ‘यस विद्युत् आयोजनामा ३५ मेगावाट क्षमताका २ उत्पादन टर्वाइन जडान गरिएको छ । दुवै टावरबाट फुलफेजमा काम भई ७० मेगावाट नै विद्युत उत्पादन सुचारु भएको छ ।’
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१