कलाको ‘पातली ३’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
kala lamsal

दमौली । गायिका कला लम्सालले तीज गीत ‘पातली ३’ ल्याएकी छन् । शिव हमालको लय शब्द रहेको सो भिडियो कला लम्सालको युट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा लम्सालसँगै अन्जली अधिकारी, करिश्मा ढकाल साथमा लोमस शर्माको अभिनय गरेका छन् । अघिल्ला वर्षमा ‘पातली गीत’ लाई सबैले रुचाएपछि उनले पातली २ हुँदै यस वर्ष ‘पातली ३’ सार्वजनिक गरेकी हुन् । यो वर्षको तीज पर्व लक्षित गरी गीत ल्याएको गायिका लम्सालले बताइन् ।
शिव हमालले गाउँमा बोलिने टिपिकल शब्द कलात्मक रुपमा गीतमा उतारेका छन् । तनहुँको थर्पुमा जन्मिएकी लम्साल नेपाली लोकगायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् । मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी उनले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी, पातली १ र २ ’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् । उनका १२ भन्दा बढी एल्बम बजारमा आइसकेका छन् भने २ दर्जन बढी गीतमा आवाज दिइसकेकी छन् ।
उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेको थियो । तीज लोकसंस्कृतिको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिँदै आएको गायिका लम्सालले बताइन् । उनी गायनमा मात्र नभइ मोडलिङमा पनि उत्तिकै जम्छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width