पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ हुँदैछ । पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा हुने सो समारोहको आवश्यक तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
वर्ष २०७६÷७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गरिने छ । जसमा ७ विधा रहेका छन् ।
मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीका अनुसार अवार्डका विधामा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । तीमध्ये उत्कृष्ट पत्रकारतर्फ २ जना सम्मानित हुने छन् ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पुर्याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइनेछ ।
वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका छन् । उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २÷२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।
पत्रकार सम्मेलन अवसरमा मञ्च अध्यक्ष गिरीले अवार्ड सार्वजनिक गर्दै विषम परिस्थितिबीच हुन लागेको कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष रञ्जन अधिकारी र सञ्चालन महासचिव एवं प्रचार संयोजक विजय नेपालले गरेका थिए । मूल कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन सहित युट्वबाट शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारणको व्यवस्था मिलाइएको छ । समारोहको प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहने छन् ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१