राङरुङमा रुखमा चढ्ने साहसिक खेल

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
rangrung~

?v r9g] v]n bdf}nL, !% c;f/ M tgx’Fsf] ledfb gu/kflnsf–& /fª?ªdf ?v r9g] ;fxl;s v]n ;~rfng ul/Fb} . ko{6g k|j4{gsf nflu gu/kflnsfsf] nufgLdf ?v r9g] ;fxl;s v]n ;~rfngdf Nofpg] tof/L ul/Psf] 5 . tl:a/M s[i0f Gof}kfg]÷/f;;

दमौली । कोरोना कहरका कारण थला परेको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल सुरु भएको छ । राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडा कार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो ।
डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए ।
‘नयाँ गन्तव्यको खोजी अभियानअन्तर्गत रुख चढ्ने खेल सञ्चालन गरेका हौं, यसले पर्यटकलाई आकर्षित गर्न सक्नेमा ढुक्क छौं,’ श्रेष्ठले भने । उनका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रुख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ ।
विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पिपलडाँडामा निर्मित दृश्यावलोकन केन्द्र, पिपलडाँडामै रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिङ्गु राङरुङ नेवाःहोमस्टे, राङरुङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षण हुन् ।
शहरको केन्द्रित बसाइ रोक्न र आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्न यी केही आधार भएता पनि यति मात्रै पर्याप्त नभएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । त्यसका लागि गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य मनोरञ्जनको व्यवस्था हुन जरुरी रहेको उनको भनाइ छ ।
यसका लागि विस्तृत गुरुयोजनाका साथ अगाडि बढ्ने बताउँदै उनले प्रारम्भिकरूपमा पर्यटकीय स्थलको रूपमा यस स्थललाई विकास गर्न आफू प्रयत्नरत रहेको जानकारी दिए । त्यसका लागि जिप फ्लाइङ, धुन्दुरमा र्‍याफ्टिङ, ऐनाखोलामा मिनिचिडियाखाना, बोटानिकल गार्डेन तथा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।
ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिको आयोजना र भिमाद नगरपालिकाको लगानीमा सञ्चालित उक्त कार्यको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले शुभारम्भ गरेका थिए ।
नगरप्रमुख थापाले आफू समग्र भिमाद नगरपालिकाको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य, उद्योग, पूर्वाधारलगायत चौतर्फी विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताए । सबै कार्य एकैसाथ सम्पन्न गर्नका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समस्या रहे पनि क्रमिकरूपमा लक्ष्य प्राप्तिका लागि अग्रसर रहेको उनको भनाइ छ ।
अहिले गाउँमा बूढाबूढी मात्रै बस्ने र अन्य जनशक्तिको तीव्ररूपमा शहर पलायनले विकासको सन्तुलन बिग्रने बताउँदै नगरप्रमुख थापाले शहरको भीडभाड र भड्किलो जीवनशैलीमा रमाउनुभन्दा स्वस्थ गाउँले जीवनयापन, खानपान खुशी तथा लाभलायक रहेकामा जोड दिए ।
राङरुङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित ट्रि क्लाइम्बिङ सञ्चालनमा ल्याइएको ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष भूपतीकुमार श्रेष्ठले जानकारी दिए ।
एउटा गीत छ, ‘गाउँको माया भुलेर खैरेनीसम्म पुग्याथे तान्यो मलाई तिम्रै मायाले ।’ यस गीतमा जोडिएको तिम्रो माया शब्दमार्फत रचनाकारले प्रेमिप्रेमिका, श्रीमान्श्रीमती वा गाउँ जेसुकैलाई सम्बोधन गरेको हुनसक्छ तर गीतको यो सानो अंशले गाउँ छाड्ने अवस्थामा पुगे पनि पछि पुनः गाउँमा फर्कने चाहने धेरैको मनोभावनाको प्रतिनिधित्व गरेको छ ।
गीतमा जस्तै मानिसले गाउँ भुलेर शहर रोज्नु धेरै कारण छन् । गाउँको भन्दा शहरमा सुख, सुविधा र तुलनात्मकरूपमा कम श्रम गरेर पनि जीवन चल्ने तथा सामाजिक प्रतिष्ठाका कारण मानिसले गाउँ छाडेर शहर रोजेको पाइन्छ । बाध्यताले शहर पसेका बाहेक अन्य हत्तपत्त गाउँ फर्कन चाहँदैनन् ।
यसरी स्थायीरूपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेलाई छोटो समय भए पनि गाउँमा फर्काउने र गाउँमै बसोवास गर्नेका लागि विभिन्न अवसरको सिर्जना गर्दै पलायन रोक्ने तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने अभियानमा छन् भिमाद नगरपालिका–७ राङरुङका स्थानीयवासी ।

Related News

सम्बन्धित समाचार

    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • ओढारमा २२ नाल भरुवा बन्दुक भेटियो

      रासस श्रावण ११, २०७८
      गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको…
    • गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदिक कार्यालयहरुको अनुमगन…
    • पदभार ग्रहणसँगै मन्त्री शर्माका २ निर्णय

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads