मणिपालले निकालेका शिशु परिवारलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७८
nc help Photo

पोखरा । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

पोखरा फूलबारीमा डेरा गरी बस्दै आएको जानबहादुर बुढा मगरको परिवारलाई आइतबार १ लाख ५८ हजार आर्थिक सहयोग गरिएको हो । विभिन्न दाता र नेपाली कांग्रेस कास्कीको बिपी विपत् कोषमा संकलित रकम सहयोग गरिएको युवा नेता भानुभक्त ढकाले बताए । उनले भने,‘ सहयोग स्वतःस्फूर्तरुपमा उठेको हो, सहयोगी मनप्रति आभारी छौं ।’

पोखरा पृथ्वीचोक निवासी ध्रुव गुरुङले ६० हजार, नेका क्रियाशील सदस्य टीकाकुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रज्वल रञ्जितले १० हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला सदस्य भीम गौतम, नेपाली कांग्रेस कास्की बिपी विपत् कोष, अमरसिंह उच्च माविका पूर्व प्रधानाध्यापक विजयबहादुर थापा, जनप्रिय क्याम्पस स्ववियु सभापति आशिक गुरुङ र युवा व्यवसायी दीपेन्द्र शर्माले ५÷५ हजार, लोटस् युनिफर्मका सिद्वार्थ गुरुङ र मिलि नेपालीले ३÷३ हजार, नेपाल तरुण दलका नेता सुजन सुवेदीले २ हजार सहयोग गरेका हुन् ।

त्यस्तै पोखरा चाउथे निवासी परिचय खुलाउन नचाहने महिलाले १५ हजार र अर्का १ युवाले १० हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी अध्यक्ष नारायण बराल, जिल्ला अध्यक्ष उदयकान्त तिवारी, नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपालीकोे उपस्थिति तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा. भरतबहादुर खत्रीको रोहबरमा सहयोग हस्तान्तरण गरिएको हो ।

परिवारका तीनै जनामा कोरोना संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width