विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०८०
bipad

पोखरा । पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपद्मा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो । एकीकृत आपतकालिन सेवाका लागि र्यापिड एक्सन टिम निर्माण गरी विपद्का बेला परिचालन गर्ने गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार एडिबीको सहायतामा निर्माण गर्ने गरी लेखनाथमा विपद् व्यवस्थापन केन्द्र सञ्चालन गरिने छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी महानगर स्तरीय योजनाहरूको कार्यान्वयन गर्दै विपद् व्यवस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई समेत संलग्न गराउन महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार र विपद् प्रभावित बासिन्दाको जीउधनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यका लागि महानगरपालिकामा विपद् प्रतिकार्य टिम तयार गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

तालिमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।  तालिम मार्फत सहभागीहरूले विपद्का बेला गर्नु पर्ने प्राथमिक उपचार र उद्धार कार्यका विषयमा आफूहरूलाई धेरै ज्ञान हासिल भएको बताएका छन् ।

तालिममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी तथा नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width