पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०८०
Yog mahotsaw (3)

पोखरा । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिभल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिभलमा ३५ भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्सनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं. ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल रुपमा सम्पन्न हुने योग कनेक्सनका राघबको विश्वास छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि हितकारी योगको आवश्यकता ठानेर नै प्रकृतिसँगै योगलाई जोडेको भनाई उनको छ ।

काहूँमा तीन दिनसम्म पर्यटकलाई होमस्टेमा राखेर आवसीय सुविधासहित महोत्वसको आयोजना गरिएको स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले जानकारी गराए । उनका अनुसार योग फेस्टिभल मार्फत पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । पोखराका लागि योग फेस्टिभल पनि महत्वपूर्ण कार्यक्रम भएको उनले उल्लेख गरे । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिरहँदा यस्ता कार्यक्रमले समेत टेवा पुग्ने विश्वास उनको छ । उनले विदेशीले आयोजना गरेको यस इभेन्टको व्यवस्थापन गरेकाले यस्ता कार्यक्रमलाई सहयोग गर्नु सबैको दायित्व रहेको बताए ।

फेस्टिभलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम रहेको प्रचार नेपालका आशिष पुरीले बताए ।

फेस्टिभलमा प्रख्यात योगा मेन्टरर्स जेन (विन्यास योगा) सहित योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) आदि सेशन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width