अक्सिजन अभावमा बिरामी मार्न पाइँदैन : कांग्रेस

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
Bishwa-Prakash-Sharma-1

पोखरा । अक्सिजन अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण र कोरोना संक्रमितबाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति नेपाली काँग्रेस कास्कीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ३ विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा ६ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिनायोजना पोेखराका स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट बञ्चित गरिएको भन्दै ध्यानाकर्षण भएको जनाइएको हो ।

जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य हो ।

‘अक्सिजन अभावमा बिरामी मार्न पाइँदैन । यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरवाही हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको स्वास्थ्य उपचारमा भएको लापरवाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ जोखिमको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै निन्दा गरिएको हो ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य बिकल्प तयार गर्न कास्की काँग्रेसले पटकपटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ती जनाएको छ । सरकारसँग धेरै विकल्प हुँदाहुदै कोभिड बाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी उपचारका लागि कता जाने प्रश्न गर्दै यस विषयमा सरकार गैरजिम्मेबार बनेकाले अन्य बिरामी अलपत्र पर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांगे्रसको केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गर्दै अक्सिजन अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै कांग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

कांग्रेसले देशभरका सरकारी हुन् वा निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै घटनाको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width