स्याङ्जा । आँधीखोला गाउँपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्यवद्र्धक पोषणतत्व (औषधी) उपलब्ध गराएको छ । आफु चढ्ने सवारी साधनमा औषधी बोकेर संक्रमितका घरमा पालिकाका अध्यक्षसहितको समूह पुगेको हो ।
यहाँका पञ्चमूल, चिलाउनेबास, सेतीदोभान र फापरथुमका ८० जना संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिएको पालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए । अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्ची मिश्रणका औषधीसहित स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
‘कोरोनाको औषधी नभएका अवस्थामा चिकित्सकका सल्लाहबमोजिम रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आयुर्वेदिक औषधी दिएका हौं ।’ अध्यक्ष पौडेलले भने ‘औषधीसँगै बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथैै उनीहरुका परिवारलाई भेटेर खानपानका साथै सरसफाइमा ध्यान दिन सुझाएका छौं ।
गाउँपालिका अध्यक्ष पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेदिक चिकित्सक लगायतको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितसँग स्वास्थ्य परामर्श गरेका थिए ।
अध्यक्ष नै आफ्ना घरमै आएर रोग स्वास्थ्य परामर्श लिनुका साथै प्रतिरोधात्मक तत्वसहित स्वास्थ्य सामग्री उपलब्ध गराएपछि आत्मबल बढेको र कोरोनालाई जित्न सकिन्छ भन्नेमा ढुक्क रहेको चिलाउनेबासका संक्रमित ५९ वर्षीया एक महिलाको भनाइ छ ।
आँधीखोला गाउँपालिका १ मा ३६ जना, २ मा २१ जना , ५ मा ४५ जना र वडा नं ६ मा १० जना गरी कूल १ सय १२ जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेससनमा छन् । तीमध्ये ४ जनाको निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
बढ्दो कोरोना संक्रमण लक्ष्य गरी सेतीदोभानमा २० शड्ढयाको अक्सिजनसहितको कोभिड १९ अस्थायी अस्पताल निर्माणको तयारी भइरहेको र बिरामीको निशुल्क स्वास्थ्य उपचार गरिने अध्यक्ष पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१