विश्व शान्ति र मानव कल्याणका लागि बुद्धका सन्देश अनुकरणीय : गण्डकी प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
sita kumari paudel

प्रदेश प्रमुख सीताकुमारी पाैडेल

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्व शान्ति र मानव कल्याणका लागि बुद्धका वाणीहरु अनुकरणीय रहेको बताएकी छन् ।

२५६५ औं बुद्ध जयन्तीका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै प्रमुख पौडेलले सम्पूर्णको सुख शान्ति र समृद्धीको कामना सहित बुद्धले अंगीकार गरेको शान्ति अहिंसा र मानव कल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने बताएकी हुन् ।

शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका गौतमबुद्ध नेपालको मात्रै नभइ महामानवको रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै बुद्धले देखाउनु भएको शान्ति, अहिंसा र मानव कल्याणको मार्गमा सबै लागेर सकारात्मक सोचको विकास गर्नुपर्ने उल्लेख छ । ‘बुद्धले भन्नुभएको छ, संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन्, आज कोरोना महामारीमासँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा यी उपदेशले मिल्छ।,’ सन्देशमा भनिएको छ ।

प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राइ, याक्खा, सुनवार र लिम्बु समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख शान्ति र समृद्धिको कामना गरेकी छन् ।

विश्वमहामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म संस्कार संस्कृति र पर्वहरु मनाउन पनि प्रदेश प्रमुखले सन्देशबाट आग्रह गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width