गण्डकी अस्पताल : अक्सिजनबिनै सबै बेडमा कोरोना संक्रमित राख्ने तयारी

धनबहादुर गुरुङ
जेठ १२, २०७८
Gandaki Full Covid Bed Photo

पोखरा । कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर गत वैशाख ५ गते गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक बस्यो । बैठकले क्षेत्रीय अस्पताल (गण्डकी) लाई कोरोना संक्रमितको मात्रै उपचार गराउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गर्‍यो । अस्पतालमा संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाउन केन्द्र सरकारले पनि जेठ ९ गते पत्राचार गर्‍यो । सोहीअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले १ विज्ञप्ति जारी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा ओेपिडी सेवा बन्द गरी कोरोना संक्रमितको मात्रै उपचार गर्ने जानकारी गराए ।

निर्देशक प्राडा. खत्रीका अनुसार प्रतिष्ठानले विस्तारै सबै बेडमा अक्सिजनको व्यवस्था गरेर अस्पताललाई कोभिड अस्पताल बनाउनेछ । उनका अनुसार गम्भीर बिरामीकोे इमर्जेन्सी विभागमा यथावत सेवा सञ्चालन गरिनेछ । मिर्गौलाका बिरामीका लागि डायलोसिस सेवा नरोकिने निर्देशक प्राडा. खत्रीले जानकारी दिए । ‘सबै बेडमा अक्सिजन पु¥याउन गाह्रो छ,’ उनले भने, ‘सिलिन्डरले जति भ्याउँछ त्यति गर्दै जाने व्यवस्थापन गर्दै जान्छौं ।’ मन्त्रालयको पत्र आएपछि अस्पतालमा अक्सिजनको पूर्ण व्यवस्था नगरी कोरोनाको उपचार गराउँदा समस्या पर्न सक्ने प्रतिष्ठानका कोभिड सम्पर्क व्यक्ति (फोकल पर्सन) डा. शरदचन्द्र बरालले बताए ।

दोस्रो लहरका सबै बिरामीहरु अक्सिजन दिनुपर्ने खालका भएका कारण सबै बेडमा तत्काल कोरोनाका बिरामी राख्दा समस्या पर्ने डा. बरालको तर्क छ । ‘संक्रमित राख्नेमात्रै हो भने अस्पतालमा ४ सय ८ बेड छन्,’ उनले भने, ‘बेडमात्र भएर भएन, अहिलेका कोभिडका अधिकांश बिरामी अक्सिजन दिनुपर्ने खालका छन्, कसरी पुर्‍याउने हामीले सोंचिरहेका छौं ।’ विज्ञप्ति जारी भएपछि काम सुरु गर्नुपर्ने भन्दै संक्रमित बिरामीलाई कोभिड ओपिडी सेवा सुरु भइसकेको डा. बरालेले जानकारी दिए । डेडिकेडेट कोभिड वार्डमा बिरामी हेरचाहका लागि टिम पनि बनिसकेको छ । कोभिड ओपिडीमा मंगलबारमात्र १४ जना आएको उनले बताए । कोरोना बिरामी अक्सिजन पाइपिङ सिस्टम भएको वार्डमा तत्काल बिरामी राख्ने र अन्य स्थानमा अक्सिजन व्यवस्थापन गर्दै जाने उनको भनाइ छ । बच्चा वार्डमा पनि ४÷५ दिनमा पाइप लाइन जडान गरिनेछ । अस्पतालमा कार्यरत सबै कर्मचारीलाई ३ टिम बनाएर कोभिड बिरामी हेर्ने गरी तयारी अवस्थामा राखिएको छ । तत्कालका लागि अक्सिजन नभई सबै बेडमा कोभिडका बिरामी राख्नसक्ने अवस्था नरहेको डा. बरालले स्पष्ट पारे ।

दोस्रो भेरियन्टबाट संक्रमित अक्सिजन आवश्यक पर्ने खालका भएका कारण अस्पतालको सबै बेडमा कोरोनाका बिरामी राख्दा समस्या हुने डा. बरालको भनाइ छ । अहिले पनि आइसोलेसनमा ८० र इमर्जेन्सीमा २० जना संक्रमित छन् । उनीहरुको लागि दैनिक ३ सय ६० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । अस्पतालमा अहिले पनि प्रत्येक २५ मिनेटमा १४ वटा सिलिन्डर ग्यास खपत हुन्छ । अक्सिजन ल्याउनका लागि अस्पतालका ४ वटा गाडी कुदेको कुद्यै छन् । एउटा गाडीले एकपटकमा बढीमा १० वटा सिलिन्डर ल्याउँछ । यही अवस्थामा सबै बेडमा कोरोनाका बिरामी राखेर उपचार गर्दा त्यही अनुसार अध्ययन गरेरमात्र सञ्चालन गर्नुपर्ने उनले बताए । अक्सिजन प्लान्ट बनाउने र त्यही अनुसार पाइपलाइन हुने हो भनेमात्र सबै बेडमा कोरोनाका बिरामी राखेर उपचार गर्न सहज हुने उनको भनाइ छ ।

सबै बेडमा कोरोनाका बिरामी राख्दा अन्य रोग लागेर अस्पताल आउने बिरामीको बिजोग हुने १ चिकित्सकले बताए । प्रदेशकै १ मात्र ठूलो सरकारी अस्पतालमा धेरै दिर्घरोगीहरु आउने हुनाले उनीहरुलाई अर्को अस्पतालको विकल्प नदिई सबै कोरोनाका बिरामी राख्दा उनीहरुलाई समस्या पर्ने उनको भनाइ थियो । मन्त्रालयको पत्रअनुसार काम नै नगर्ने आफूहरुको कुनै योजना नरहेको पनि ती चिकित्सकले बताए । यो महामारीको समयमा कोरोनाको बिरामी आफूहरुको पहिलो प्राथमिकता भए पनि अरु रोगका बिरामीका लागि पनि विकल्प दिनुपर्ने उनी बताउँछन् । ‘यो महामारीमा हामीले कोरोनाका बिरामी नै हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘प्रदेशकै ठूलो सरकारी अस्पतालका सबै बेड कोरोनाका लागि छुट्याउँदा अन्य बिरामीहरु महंगो मूल्यमा निजीमा उपचार गर्न बाध्य हुन्छन् भन्ने मेरो कुरा हो ।’

कोरोनाका संक्रमित र भर्ना हुने दर हेर्दा केही दिनमै अस्पताल भरिभराउ हुने सम्भावना छ । तर अस्पताल प्रशासन भने बिस्तारै अक्सिजनको व्यवस्थापन गर्दै जाने बताउँछ । जसले गर्दा समस्या पर्ने देखिने निश्चितजस्तै छ । तयारी बिना यसरी सबै बेड कोरोनाका बिरामी उपचार गर्दा अक्सिजनको अभाव हुने हुँदा अस्पताल प्रशासन, प्रदेश सरकार र संघ सरकारले यो विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

अहिले कै अवस्थामा पनि पोखरामा गण्डकी अस्पतालमा ७० जनालाई ३ सय ६० सिलिन्डर खपत हुने गर्छ । प्रतिष्ठानका सबै बेडमा कोरानाका बिरामी भएमा दैनिक कम्तीमा १८ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । पोखराका निजी २ ग्यास कम्पनीको उत्पादन क्षमता भनेको दैनिक १२ सय हो । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघन्टा ३० सिलिन्डर उत्पादन गर्छ भने कालीगण्डकी ग्यास प्रालिले प्रतिघन्टा २० सिलिन्डर ग्यास भर्न सक्छ । यी २ कम्पनीले २४ सैं घन्टा काम गरे पनि पोखराले दैनिक ७ सय २० र कालीगण्डकीले २४ घन्टामा ४ सय ८० सिलिन्डरमात्र भर्छ । गण्डकी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पताल २ निजी कम्पनीले दिने अक्सिजन सिलिन्डरको भरमा चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width