पोखरा । पोखराको नदीपुरस्थित ज्ञानभूमि माविका शिक्षक पुरुषोत्तम सापकोटा बेला बेला बैठक सेमिनारमा सहभागी भइरहन्थे । वैशाख ११ गते शिक्षक संघको महानगर कमिटीको भेलामा पनि उनी सहभागी भए ।
बैठकमा सहभागी सापकोटा पर्सिपल्टदेखि स्वास्थ्यमा गडबड भएको महसुस गर्न थाले । उनको स्वास्थ्य प्रतिकूल कोरोना संक्रमणका कारण भएको रहेछ तर उनलाई शंकासमेत भएन ।
पुरुषोत्तमकी श्रीमती मीनकुमारी पनि कन्या मावि नदीपुर पोखराकी शिक्षिका हुन् । कोराना संक्रमणको शंकासमेत नभएका सापकोटा श्रीमतीसँग टाढा रहने कुरै भएन । उनकै कारण श्रीमती पनि संक्रमित भइन् ।
१३ गतेदेखि नै स्वास्थ्यमा प्रतिकूलता महसुस गरेका सापकोटा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) पुगे । युरिक एसिड, सुगर, प्रेसर जाँच गरे, भिडियो एक्सरेसमेत गरे । युरिक एसिड बढेको रिपोर्ट आयो, उनले औषधी पनि खाए । वैशाख १५ सम्म पनि स्वास्थ्यमा सुधारको छाँटकाँट आएन, थप शरीर दुख्ने, झझमाउने, ओल्यास्स हुने, हल्का पसिना आउने लक्षण देखापरे तर ज्वरो आएन ।
पुरुषोत्तमकी श्रीमतीलाई त पखाला लाग्नेबाहेक कुनै लक्षण थिएन, शरीर कमजोर भएको महसुस भने भएकै थियो ।
वैशाख १७ गते त पुरुषोत्तम गन्ध र स्वाद थाहै नपाउने अवस्थामा पुगे । त्यसपछि बल्ल सापकोटा दम्पत्ती कोरोना संक्रमण भएको र होम आइसोलेसनमा बस्नुपर्ने निष्कर्षमा पुगे । ‘होम आइसोलेसनमा त बस्ने, तर २ छोराहरुलाई कहाँ कसरी राख्ने ? खानाको व्यवस्था कसरी गर्ने ? एकातिर कोभिड संक्रमणले गाल्दै लगेको चिन्ता, अर्काेतिर छोराहरुलाई सुरक्षित राख्ने चिन्ता । दोहोरो चिन्ताले बेचैन बनायो,’ पुरुषोत्तमले भने । विकल्प नभएपछि चिन्ताबीच मन दह्रो बनाए, सावधानी अपनाए ।
उनले भने, ‘छोराहरु खाना पकाउन सक्ने क्षमताका पनि भएनन्, अन्यत्र पठाऊँ भने कोरोना संक्रमित बाबुआमाका छोरा कसले राखिदिने?’
‘अवस्था त त्यति धेरे जटिल छैन, रिपोर्ट पोजेटिभ आयो,’ बाबुआमा संक्रमित भएको खबर बाबुआमालाई आउने फोनबाटै थाहा पाए छोराहरुले । अब बर्बाद भयो, कोरोनाबाट दुखद् घटना भएको समाचार सुनेका छोराहरु रुने कराउने गर्न थाले । उनीहरुले छोरालाई सम्झाइ बुझाइ गरे ।
सापकोटा दम्पत्तीले छोराहरुसँग भौतिक दूरी कायम गरे । उनीहरुले डबल मास्क लगाउने, तातोपानी र साबुनपानीले राम्ररी भाँडाकुँडा सफा गर्ने र सरसफाइमा ध्यान दिँदै छोराहरुलाई सुत्न फरक कोठाको व्यवस्था गरे । खाना भने आफैंले पकाएर खुवाए । ‘मनमा छोराहरुलाई पनि कोरोना सर्ला कि भन्ने त्रासबीच खाना हामीले नै बनायौं, अलग्गै सुत्न र टाढा बस्न लगाइयौं, विकल्प नभएपछि त्रासबीचमै खाना खुवायौं तर समस्या भने देखिएन,’ सापकोटाले भने ।
सापकोटाले प्राभइभेटमा पिसिआर जाँच गरेकाले भोलिपल्टै रिपोर्ट आयो, सरकारीमा भएको भए १ साता लाग्थ्यो । शिक्षक पौडेललाई कोरोना भएको सुनेदेखि नै सापकोटा दम्पत्तीले दिनमै ३ पटक बाफ लिने, कुल्ला गर्ने, योग गर्ने तातो पानी प्रशस्त खाने गर्न थाले । त्यसपछि मेडिकल कन्सल्टेन्ट डाक्टरसँग सल्लाह लिन पुगेका सापकोटा दम्पत्तीलाई भिटामिन तथा जिन्कको सहारा मिल्यो ।
‘पछिल्लो पटक कारोनामुक्त भएको महसुस गरी वैशाख ३१ गते पुनः पिसिआर जाँच गराएँ, रिपोर्ट बल्ल जेठ ६ गते आयो,’ सापकोटाले भने, ‘धेरै मानिसको मृत्युको कारण त भित्रभित्रै खत्तम पारेर सिकिस्त भएपछि अस्पताल पुग्नु हो जस्तो लाग्यो ।’
उनी भन्छन्, ‘कुनै पनि सामान्य स्वास्थ्य समस्या देखिए पिसिआर जाँच गर्ने र प्राथमिक उपचार तुरुन्तै सुरु गर्नुपर्छ, सामान्य जीवनभन्दा असजिलो महसुस भए तातोपानी खाने, बाफ लिने, कुल्ला गर्ने, स्वास्थ्य सावधानी अपनाउनु बुद्धिमतापूर्ण हुँदो रहेछ ।’
कोरोना संक्रमण भएका सापकोटा दम्पत्तीले छोराहरुलाई खाना खुवाइरहेको भए पनि छोरालाई कुनै समस्या नभएको उनले बताए । ‘१५÷१६ दिन भइसक्यो, तिनीहरुमा समस्या छैन, अब पिसिआर जाँच गर्न पनि पर्दैन होला, स्वास्थ्य मापदण्ड अपनाएर सावधान हुने हो भने सुरक्षित हुन सकिँदो रहेछ,’ सापकोटाले भने । आफूमा कोरोना संक्रमण भइहाले पनि स्वास्थ्य मापदण्ड पूरा गर्ने हो भने परिवारका सदस्यलाई सुरक्षित गर्न सकिने उनको बुझाइ छ ।
‘पछिल्लो समयमा धेरै तन्नेरीको ज्यान जानुको कारण पहिले बेवास्ता गर्ने र अन्तिम अवस्थामा अस्पताल जानु हो जस्तो लाग्यो, सुरुमा सतर्कता अपनाउनुपर्ने, स्वास्थ्य प्रतिकूल हुनासाथ पिसिआर जाँच गरिहाल्ने हो भने कोराना जित्न सहज हुने उनको भनाइ थियो । सरकारीमा पिसिआर रिपोर्ट आउनै ढिला हुने, त्योभन्दा पहिले बिरामी अस्पताल पुग्नै ढिला हुने गरेकाले धेरैको स्वास्थ्य अवस्था जटिल भएको हुनसक्ने उनको तर्क छ । सामान्य स्वास्थ्य जटिलता देखिए पनि यो महामारीमा खेलबाड नगर्न उनको सल्लाह छ । २० दिन कोरोनासँग उनीहरुको घम्साघम्सी भयो । अन्तत सापकोटा दम्पत्तीले कोरोनालाई परास्त गर्न सफल भए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१