पोखरा । तमु जातिको सामाजिक संस्था तमु धिं नेपाल ३७ औं वर्षमा प्रवेश गरेको छ । ३७ औं स्थापना दिवसको अवसरमा तमु धिं नेपालका अध्यक्ष हुम तमुले एक विज्ञप्ति प्रकाशित गरी शुभकामना व्यक्त गरेका छन् ।
संघ संस्था स्थापना गर्न बन्देज लगाइएको अवस्थामा राज्यको ऐन कानुनबमोजिम नभई सामुदायिक आवाश्यकता, परम्परागत मूल्य मान्यता र एकताका लागि संस्था स्थापना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अध्यक्ष तमुद्वारा जारी विज्ञप्तिमा तमु धिं स्थापनापश्चात् न्याय र समानताको लडाइँमा तमु धिंका अग्रजहरुले राज्यको जेलनेल भोग्नुपरेको स्मरण गरिएको छ ।
विज्ञप्तिमा संस्था स्थापना र सञ्चालनमा सहयोग पु¥याउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ र समयको अपेक्षा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संस्था स्थापनाको मुल मर्मलाई आत्मसाथ गर्दै तमु एकता, तमुहरुको आफ्नोपनको संरक्षण संवद्र्धन र विकास, तमुहरुलाई सचेत र क्षमतावान् बनाउने, समयानुकूल व्यवस्थित भौतिक संरचना सहितको संस्थागत विकास, सामुदायिक अधिकार प्राप्ति, समतामूलक समाज निर्माण, सभ्य र समृद्ध मुलुक निर्माणका लागि क्रियाशील रहने यस पुण्यतिथिमा प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।’
कोरोना महामारीका बेला कठिन अवस्था भएकाले सबैलाई सुरक्षित, सतर्क र अनुशासित हुनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१