हेमजा। पोखराबाट राष्ट्रियस्तरको मुक्तक गोष्ठी सम्पन्न भएको छ।
हेमजा साहित्य प्रतिष्ठानले भर्चुअल रुपमा शुक्रवार आयोजना गरेको उक्त गोष्ठीमा बेजोड र तिख्खर मुक्तक वाचन गरिए।
कार्यक्रममा धारणा राख्दै नेपाल नाट्य तथा संगीत एकेडेमीका पूर्व कुलपति सुरुभक्तले नेपाली मुक्तक विधाको इतिहासमा सो कार्यक्रम महत्वपूर्ण भएको बताए ।उनले भने ‘उसो त पोखरा टिकटमा मुक्तक वाचन गर्ने इतिहास भएको शहर होःआज पनि फेरि एउटा मुक्तकको इतिहास पोखराले बनाएको छ।’
सो कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा दुई÷दुई जना गरी कुल चौध मुक्तककारले आफ्ना ६÷६ वटा मुक्तक वाचन गरेका थिए।
यसरी मुक्तक वाचन गर्नेहरुमा प्रदेश एक बाट मोरङका मञ्जु श्री र लक्ष्मी स्मृति, प्रदेश दुई बाट सर्लाहीका सुशीला पौडेल र लीलाराज दाहाल, बाग्मती प्रदेशबाट नुवाकोटकी ऋतु रोक्का र काठमाडौका आँचल शर्मा, गण्डकी प्रदेशबाट म्याग्दी कि ऋद्धिमा रिजाल र बाग्लुङका ऋषि सापकोटा छन् ।
त्यस्तैगरी लुम्बिनी प्रदेशबाट अर्घाखाँचीकी दीक्षा भण्डारी र दाङका प्रदीप डाँगी, कर्णाली प्रदेशबाट कालीकोटकी चन्द्रा चाँदनी र मुगुका अनुराग बम तथा सुदूरपश्चिम प्रदेशबाट डोटीकी सरिता कठायत र डोटीकै क्षितिज भरतले पनि रचना वाचन गरे ।
त्यस अवसरमा वाचित मुक्तकको समीक्षात्मक टिप्पणी संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेलले गरेका थिए ।त्यस्तै कार्यक्रमका बीच प्राप्त दर्शक टिप्पणीहरुलाई समेत संस्थाका सह सचिव शिव त्रिपाठीले उठान गरेका थिए ।
सो कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, सल्लाहकारहरु छन्दिका त्रिपाठी, बसन्त बास्तोला, केशवशरण पौडेल लगायतको विशेष उपस्थिति थियो ।
कार्यक्रम संयोजक आवाज शर्माले स्वागत, उपाध्यक्ष बलराम पौडेलले धन्यवाद मन्तब्य राखेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा सचिव सुनिल गायकले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१