नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।
मन्त्रालयका अनुसार दैनिक कोभिड–१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१