समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
corona death (1)

फाइल तस्बिर

गलेश्वर । शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ ।

अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा कँडेल बताउनुहुन्छ ।

होम आइसोलेशनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटरले जाँच गर्नुपर्ने डा कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिने जस्ता समस्या देखिएमा तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उहाँले बताउनुभयो ।

बुधबार बेनी अस्पतालमा मृत्यु भएका बेनी नगरपालिका–५ का ४१ वर्षीय पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । हाइफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । हिजो बुधबार मात्र म्याग्दीका तीन कोरोना सङ्क्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा कोरोना पुष्टि भएका नौ जनाको मृत्यु भएको छ । त्यसैगरी जिल्लामा बिरामी भई थप उपचारका लागि काठमाडौँ र पोखरा गएका कोरोना सङ्क्रमित पाँच र म्याग्दी स्थायी ठेगाना भई काठमाडौँ र पोखरालगायतका शहरमा बसोबास गर्ने पाँच गरी वैशाख महिनामै १९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस
–––

Related News

सम्बन्धित समाचार

    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • शहरभन्दा गाउँमा कोरोना सङ्क्रण

      रासस असार ५, २०७८
      दमौली । कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी…
    • १५ हजारले पाएनन् कोभिसिल्ड दोस्रो डोज

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      नवलपुर । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएकामध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोज…
    • गण्डकीमा एक हप्तामा ४ हजार १९३ ले कोरोना जिते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बुधबार ५ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार ३६० जनामा नेगेटिभ देखिएको थियो…
    • गण्डकीमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त भएका छन् । शुक्रबार ३४७ जनाले कोरोनामुक्त भएसँगै ४२…

    hero news full width

    sanil ads

    wordlink ads