धम्पुस गाउँबारे सालैजो गीत

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
dhampus

हेमजा । लोकगायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्घन गर्ने उद्देश्यले सालैजो गीत बजारमा ल्याएका छन् । गायक अधिकारीलाई यस गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले साथ दिएकी छन् ।

गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए ।

लोकगीत मार्फत धम्पुसलाई देश तथा विदेशमा चिनाउन पाउँदा आफूलाई गर्व लागेको गायक अधिकारी बताउँछन् ।

उक्त गीतमा एलबी पुनले एरेञ्ज, धर्मेन्द्र पौडेलले निर्देशन, माधव गुरुङले छायाङ्कन/सम्पादन, युवराज गुरुङले कोरियोग्राफी गरेका छन् ।

त्यस्तै धम्पुस गाउँलेका अलवा डबिन गुरुङ र कुशम शाही ढकुरीको मुख्य अभिनय छ ।

Related News

सम्बन्धित समाचार

hero news full width