पोखरा । कोरोरा संक्रमणका कारण पोखराका व्यवसायी कृष्णमान गुभाजुको निधन भएको छ । नेपाली काँग्रेस पोखरा–१ का पूर्व सभापति समेत रहेका उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा बिहीबार राति निधन भएको हो ।
गत वैशाख १५ मा कोरोना संक्रमण पुष्टि भएपछि पोखराबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएकोमा काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर इन्टरनेशनल हस्पिटल लगिएको परिवारजनले जनाएको छ । त्यहाँ अस्पतालको लापरबाही र अक्सिजन अभावमा ज्यान गएको परिवारजनको आरोप छ ।
पोखराको मोहोरिया निवासी कृष्णमानले कृषकञ्चन ज्वेलरी चलाउँदै आएका थिए । साथै कञ्चन क्यापिटल पनि उनले प्रबद्र्धन गरेको कम्पनी हो । विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध उनी सुनचाँदी व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष थिए ।
पोखरा–११, काहुँडाँडामा निर्माणाधीन धर्मकाय बुद्ध मण्डला समितिमा उनी कोषाध्यक्ष थिए । रोटरी क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष समेत उनी विश्वशान्ति स्तूपा सञ्चालक समितिमा २ कार्यकाल सचिव भइ काम गरेका थिए । धर्मशीला बुद्ध विहार नदीपुरको ज्ञानमाला संघ र दायक सभाका पूर्व अध्यक्ष उनी युवा बौद्ध संघ र धर्मोदय सभाका सल्लाहकार थिए ।
पोखराका स्थापित व्यवसायी गुभाजु सरल, सहयोगी तथा सामाजिक व्यक्तिका रूपमा चिनिन्थे । स्व. कृष्णमानका श्रीमती, २ छोरा र १ छोरी छन् ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१