कर्णालीमा थप ५ सङ्क्रमितको मृत्यु   

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Virus Outbreak China

फाेटाेः एपी

कर्णाली । कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

उहाँका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।   रासस
–––

Related News

सम्बन्धित समाचार

    • विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      बलेवा ।  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको…
    • बिहे र पूजापछि गाउँभरि कोरोना

      Avatar श्रीभद्र पौडेल वैशाख ३१, २०७८
      हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ । उक्त गाउँमा…
    • संस्कृतिकर्मी मेनकाजीलाई पत्नीशोक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारणका बिहीबार दिउँसो २ बजे…
    • भारतमा एकै दिन ४ हजार बढीको मृत्यु

      rss रासस वैशाख ३०, २०७८
      नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा…
    • जिल्ला न्यायाधीश श्रेष्ठको निधन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार…

    hero news full width

    sanil ads

    wordlink ads