आज रातिदेखि आन्तरिक उडान बन्द

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
BinodsinghBista_Baitadi_RSS_30_patanplane

पाेखरा । सरकारले कोभिड१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री पार्वत गुरुङले बताए ।

‘आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ’, सरकारका प्रवक्ता गुरुङले भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।’

कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width