पोखरा । नेपाल सुपर लिग(एनएसएल)अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर फुटबल क्लबलाई पोखरा थन्डर्स फुटबल क्लबले हराएको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरविरुद्ध पोखराले १–० गोलको जित निकालेको हो । पोखराका लागि नवयुग श्रेष्ठले निर्णायक गोल गरेका थिए । खेलको पहिलो मिनेटमा विराटनगरका पेड्रो मान्जीको गोल गोलफसाइड करार भएपछि विराटनगरले दबाब बनाउन सकेन । र, अग्रता बनाउनबाट पनि चुक्यो ।
यता लिगको पहिलो खेलमा हार खेपेको पोखराले खेल सुधार गर्दै अधिक समय पकडमा राख्न सकेको थियो । पहिले खेलको तुलनामा कमजोर प्रदर्शन गरेको विराटनगरविरुद्ध पोखराका मौसा आब्बाले १०औं मिनेटमा गोलको सहज अवसर गुमाएका थिए ।
दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरविरुद्ध पोखराले १–० गोलको जित निकालेको हो
दोस्रो हाफमा विराटनगरले केही सुधारिएको प्रदर्शन गरेको थियो । त्यसबीच पोखराका नवयुग श्रेष्ठले ५४ औं मिनेटमा गरेको गोलको प्रयास विराटनगरका किपर किशोर गिरीले बचाएका थिए ।
६१औं मिनेटमा डी–बक्स बाहिरबाट रवि पासवानले गरेको प्रहार भने पोलमा लागेर बाहिरिएको थियो । तर ८३ औं मिनेटमा अब्बाको फ्री किकलाई फरवार्ड श्रेष्ठले गोलमा बदल्न चुकेनन् । उनले हेडमार्फत गोल गरेका थिए ।
दोश्रो चरणको खेल सकिँदा ललितपुरको १ अंक छ भने काठमाडौं, बुटबल, पोखरा, विराटनगर र धनगढीको समान तीन अंक छ । बुटबल लुम्बिनीले ४ अंक जोड्दा चितवनको २ अंक छ ।
दोस्रो चरण सकिँदा बुटबल लुम्बिनी शीर्षस्थानमा छ । विराटनगर दोस्रो स्थानमा छ । खेलपछि कुरा गर्दै विराटनगरका कोच यान लले खेलाडीले कन्फिडेन्स गुमाएको बताए । उनले भने, ’आजको खेलमा हामीले अन्तिममा गोल खायौं । हामीले राम्रो फुटबल खेल्यौं । तर पोखराले आज पहिलेको भन्दा राम्रो खेल्यो । तर केही चाहिँ राम्रो ब्लक गर्न सक्यौं ।’
आजको खेलमा मान्जीले चाहेको जस्तो क्जेल्न सकेनन् । उनी पोखराको नजरमा पनि परे । उनले फरबार्डमा केही समस्या देखिएको उनले बताएका छन् । ’अबको खेलमा हामी फरक रणनीतिका साथ खेल्नेछौं,’ उनले भने ।
यता पोखराका सहायक राजेस राईले आफ्नो योजना अनुसार खेलेको बताए । उनले दबाबका बीच विदेशी खेलाडी हटाएर अजितलाई छिराउनु फाइदाजनक भएको बताएका छन् ।
‘२ खेल सकिँदा पनि प्रतिस्पर्धा टफ भएको छ । अझै धेरै गर्नु छ । हेड कोच नहुँदा निकै प्रेसर छ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१