पोखरा । पोखरा १८, भकुण्डेमा शनिबार भएको विद्यालयस्तरीय छात्रतर्फ शान्त मावि र छात्रातर्फ जनप्रिय माविले उपाधि जितेका छन् ।
शान्त माविले कृस्तीको भविश्य निर्माण माविलाई ३—० को सोझो सेटमा पराजित गर्दै उपाधि सहित १८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेताले १२ हजार पायो । भद्रकाली मावि तेस्रो र छोरेपाटन मावि सान्त्वना भए ।
छात्रातर्फ फाइनलमा जनप्रिय माविले धार्दिङको कालिका आधारभूत विद्यालयलाई ३—२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेताले १२ हजार उपविजेताले ८ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । शान्त मावि ‘ए’ तेस्रो र सिद्ध वराह सान्त्वना भए ।
शान्त भलिबल ट्रेनिङ सेन्टरको आयोजना, भकुण्डे युवा मञ्चको सहयोगमा वैशाख १ देखि सञ्चालित प्रतियोगितामा छात्रछात्रातर्फ ८/८ टोलीको सहभागिता थियो ।
समाजसेवी ध्रुवबहादुर थापा, प्रतियोगिता संयोजक दिनेशप्रसाद चौधरी, मञ्च अध्यक्ष सन्तोष अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल ‘जीवन’ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए । भकुण्डेको खेलमैदान स्तरोन्नतिको लागि सहयोग गर्ने उनले आश्वासन समेत दिए ।
कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीले भकुण्डेको भलिबल मैदान मर्मत गर्न बजेट विनियोजनका लागि जनप्रतिनिधिसँग अनुरोध गरे ।
Related News
सम्बन्धित समाचार
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१