काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा पठनपाठनका सम्बन्धमा अस्पष्ट निर्णय गरेपछि बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने अन्योल उत्पन्न भएको छ।
मन्त्रालयले विद्यालयलगायत भिडभाड हुने स्थानमा सहभागी नहुन बिहीबार निर्देशन दिएको छ। तर, विद्यालयमा पठनपाठन बन्द गर्न भनिएको छैन।
‘विद्यालय, रात्री व्यवसायहरू, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ, स्विमिंङ आदि स्थलहरुमा सहभागी नभइदिन’ अनुरोध गरिएको छ।
निजी विद्यालय सञ्चालकहरुको छाता संगठन ९प्याव्सन०ले भने विद्यालय तत्काल बन्द नगर्ने स्पष्ट पारेको छ। प्याब्सनका उपाध्यक्ष ईश्वर बहादुर गुरुङले भने, ‘हामीले विद्यालय बन्द नगर्ने निर्णय यसअघि नै गरिसकेका छौँ। त्यो यथावत् छ।’ प्याब्सनले गत आइतबार तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो।
निर्णयमा सबै विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै अनुरोध गरिएको थियो। साथै प्याब्सनले आ–आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन मास्कको तथा स्यानिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्बनका साथै स्वास्थ्यवर्द्धक खानपिन गराउनेजस्ता कार्यहरुमा सहयोग पुर्या इदिनुहुन अभिभावकहरुलाई अनुरोध गरेको थियो।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१