पत्रकार महासंघ गोरखाको अध्यक्षमा युनियनका सापकोटा विजयी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
narahari

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उपसभापति समेत रहेका सापकोटाले प्रेस सेन्टर नेपालका दीपक श्रेष्ठलाई ५ मतअन्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

२९ जना सदस्य रहेको गोरखा शाखामा सापकोटाले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले १२ मत प्राप्त गरेका थिए।

महासंघको छैटौ अधिवेशनबाट २ उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, २ सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध  भइसकेका छन्।

खुलातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध भएका हुन्।

त्यस्तै सदस्य (खुला) तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै केन्द्रीय परिषद सदस्यमा किशोरजंग थापा र प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठ चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads