पोखरा । भट्टराई कुलवंश प्रतिष्ठान नेपालको २७ औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन पोखरामा शुक्रबार सुरु भयो ।
महाधिवेशनको सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उद्घाटन गरे ।
त्यस अवसरमा प्रमुख अतिथि भट्टराईले प्रत्येकले आफ्नो वंशको प्रतिष्ठा वृद्धि गर्ने कार्यमा लाग्दा राष्ट्रकै समृद्धि हुने बताए । उनले भट्टराई कुल वंश प्रतिष्ठानले आफ्नो परिवारलाई संस्कारित बनाउने प्रयासमा लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले झापाको दमक–४ मा निर्मित वशिष्ठ आश्रमलाई भट्टराईहरुको मूलधारको रुपमा विकास गरिएको र जग्गा खरिद, मन्दिरहरु निर्माण, विद्यापीठ सञ्चालन लगायतका कार्यहरु गरिएको जानकारी दिए ।
स्वागत गर्दै प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समिति संयोजक शैलेन्द्रमोहन भट्टराईले महाधिवेशन गर्न पाउँदा पोखरावासी हर्षित भएको बताए ।
कार्यक्रम सञ्चालन महासचिव चन्द्रप्रसाद भट्टराईले गरेका थिए । २ दिनसम्म चल्ने महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न हुनेछ ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’
शिवालय मन्दिर उद्घाटन
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१