काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।
यसअघि नै कांग्रेसले ओलीलाई सरकार चलाउने नैतिक धरातल नभएको टिप्पणी गरेको थियो। संसद्मा कांग्रेसको अंकगणित कमजोर भएकाले सरकारलाई बिदा गर्न नसकिएको तर पछिल्लो समय पनि विभिन्न संविधान विरोधी गतिविधि जारी राखेकाले राजीनमा माग गर्ने निर्णय भएको प्रवक्ता शर्माको भनाइ छ।
उहाँले संविधानविरोधी संसद् विघटनको कदम उठाउनु भयो। संसद् पुनर्स्थापना पनि भयो। यत्रा गतिविधि भइसक्दा पनि प्रधानमन्त्रीले राजनीतिक अभिभारा बुझ्नु भएन। तसर्थ उहाँको राजीनामा माग गर्ने निर्णय भएको छ, प्रवक्ता शर्माले भने।
कांग्रेसको संस्थापन इतर पक्षले तत्काल प्रधानमन्त्रीको उम्मेदवार तयारी गरी ओलीको राजीनामा माग्ने निर्णय गर्नुपर्ने भन्दै दबाब दिएको थियो।
बैठकका केही निर्णय आएपनि बैठक भने जारी रहेको शर्माले जानकारी दिएका छन्।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१