म्याग्दी । रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित धमाखुमा खेल मैदान निर्माण गरिएको छ ।
चालू आर्थिक वर्षमा संघीय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित व्यवस्थित खेलमैदान निर्माण गरिएको हो ।
मण्डली युथ क्लब चिमखोलाले आयोजना गरेको भूमेपूजा मेला अवसरमा सो खेलमैदानको संघीय सांसद एवं पूर्वमन्त्री थममाया थापाले उद्घाटन गरिन् ।
ढलानसहितको खेलमैदानसँगै घेराबार, स्टेज, शौचालय र टहरा लगायतको पूर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लबका सचिव भीम थापामगरले जानकारी दिए ।
जसहितको खेलमैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको सचिव थापाले बताए ।
उनका अनुसार चालू आवमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको हो । वडा अध्यक्ष दुर्गाप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवीको उपस्थिति थियो ।
संघ र प्रदेश र गाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
भूमे पूजा अवसरमा टोपा नाच, थाली नाच, जुरेचल्ला र सर्मजाले र कलस जुधाउने देखाउनुको साथै ऐतिहासिक सेदो र साइला लगायत गीत गाइएको थियो ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१